रेबिजविरुद्धको खोप अभाव
  • CIA Khabar

  • Blood sample positive with rabies virus

    नेपालगञ्ज– नेपालगञ्जस्थित भेरी अस्पतालमा रेबिजविरुद्धको खोप अभाव भएको छ । ‘एन्टी रेबिज भ्याक्सिन’ हालसम्म सेवाग्राहीलाई अस्पतालबाट निःशुल्करूपमा प्रदान गर्दै आएकामा अस्पतालमा खोपको मौज्दात सकिएकाले सो सेवा दिन नसकेको एक सूचना मार्फत जानकारी गराइएको छ ।

    भेरी अस्पतालका प्रमुख डा। बद्री चापागाइँले कुकरले टोकेपछि लगाइने रेबिजविरुद्धको सुई अस्पतालले आफैँ उपलब्ध गराउने भन्दा केन्द्र र प्रदेशमार्फत प्राप्त भएको डोज ९मात्रा० आवश्यकताअनुसार वितरण मात्र गर्दै आएको बताए ।

    उनका अनुसार बुटवलबाट प्राप्त हुने उक्त खोपको मौज्दात कम भएपछि अन्तिम पटक धनगढीबाट ल्याएर भए पनि बिरामीलाई लगाइएको छ ।

    हाल केन्द्र तथा प्रदेश आपूर्ति केन्द्रमै उक्त खोपको मौज्दात मागअनुसार नभएको जानकारी प्राप्त भएको र अस्पतालमा मौज्दात सकिएकाले खोपको आपूर्ति सञ्चालन नहुञ्जेल निःशुल्क रेबिजविरुद्धको खोप दिन नसकिने अस्पतालले जनाएको छ ।

    अहिले बिरामीले आफैँ उक्त खोप खरिद गरी लिई आएमा सो खोप लगाउने कार्य गरिएको छ । उक्त खोप निकै महँगो पर्ने भएकाले सबैले किनेर लगाउन नसक्ने हुँदा भेरी अस्पतालमा सुई तत्काल पठाउनुपर्ने स्थानीयको माग छ ।

    भेरी अस्पताल विकास समितिका निवर्तमान सदस्य कृष्णप्रसाद श्रेष्ठले तत्काल अस्पताललाई रेबिजविरुद्धको खोप उपलब्ध गराउन पहल गर्दै खोपका अभावमा यहाँका गरिब र विपन्न परिवारलाई उपचारमा समस्या भएको बताए ।

  • ९ असार २०८०, शनिबार १०:२० प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images