अभिनेत्री नीताको आक्रोशः ‘मेरो देशले मेरो रक्षा गर्न सक्दैन’
  • CIA Khabar

  • काठमाडौं । अभिनेत्री नीता ढुंगाना एक वर्षयतादेखि अभिनेता तथा ज्योतिष हरिहर अधिकारीको प्रेममा छिन् । हरिहर यतिबेला पितृ शोकमा छन् । उनका पिता रामबहादुरको कोरोना संक्रमणका कारण सोमबार निधन भएको हो ।

    आफ्नो हुनेवाला ससुराको कोरोनाका कारण निधन भएपछि नीताले फेसबुकमा एक स्टाटस लेख्दै आक्रोश पोखेकी छन् ।

    ‘मेरो देश, मेरो गौरव भनेर सोच्ने मान्छे म, आज म किन यो देशमा जन्मिएँ होला जस्तो लागिरहेको छ । मेरो देशले मेरो रक्षा गर्न सक्दैन भन्ने कुरा आज आएर थाहा पाएँ ।’ उनले लेखेकी छन् ।

    उनले कोरोनाको विरुद्ध संसार लडिरहदा आफ्नो देशले आफूलाई झन् लात हान्छ भन्ने कुरा आभाष भएको उल्लेख गरेकी छन् ।

    ‘यो कठिन अवस्थामा जनताको लागि लड्नुपर्ने तर यहाँ त लडाइ कुर्सीको लागि भैरहेको छ । समयमा अस्पतालमा उपचार नपाएर आज मैले मेरो नजिकको अग्रज गुमाएँ,’ उनले अगाडि लेखेकी छन् ।

    समयमा नै आइसियूको व्यवस्थापन र अक्सिजन पाएको भए कसैले पनि अल्पायुमा ज्यान गुमाउनु नपर्ने नीताको बुझाई छ ।

  • १२ जेष्ठ २०७८, बुधबार १६:२० प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images