सेरेना विलियम्स फ्रेन्च ओपनको तेस्रो चरणमा
  • CIA Khabar

  • एजेन्सी । कीर्तिमानी २४ औै पल्ट ग्राण्डस्लाम उपाधिको खोजीमा रहेकी सेरेना विलियम्सले रोमानियाकी मिहाला बुजारेस्कुलाई २–१ को सेटमा पराजित गरी फ्रेन्च ओपन टेनिसको तेस्रो चरणमा प्रवेश गरेकी छन् ।

    ३९ वर्षीया विलियम्सले पहिलो सेट ६–३ ले जितेर दोस्रो सेट ५–७ ले गुमाएकी थिइन् । अन्तिम सेटमा उत्कृष्ट पुनरागमनसहित ६–१ को जितका साथ तेस्रो चरणमा अमेरिकाकै ड्यानेली कोनिल्ससँग प्रतिस्पर्धा गर्ने भएकी छन् ।

    सन् २०१६ को संस्करणयता सेरेना फ्रेन्च ओपनको क्वाटरफाइनलसम्म पनि पुग्न सकेकी छैनन् । त्यस संस्करणमा उनले फाइनल खेलेकी थिइन् ।

    दशौं वरियताकी स्वीस खेलाडी बेलिन्डा बेन्किकलाई अप्रत्यासित रुपमा पराजित गरी रुसकी डारिया कासाकिना पनि तेस्रो चरणमा पुगेकी छन् ।

    तेस्रो वरियताकी अर्यना साबालेन्का, १५ औं वरियताकी भिक्टोरिया आजारेन्का र सन् २०१९ को संस्करणको फाइनल खेलेी मार्केटा भोन्ड्रोसोभा पनि तेस्रो चरणमा पुगेका छन् ।

  • २० जेष्ठ २०७८, बिहीबार १०:०७ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images