फ्रान्सले वेल्सलाई ३–० ले हरायो
  • CIA Khabar

  • काठमाडौँ । विश्वकप फुटबल विजेता फ्रान्सले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा सहज जित निकालेको छ । बुधबार राति भएको खेलमा फ्रान्सले वेल्सलाई ३–० ले हराएको हो ।

    घरेलु मैदानमा फ्रान्सलाई जित दिलाउन केलियन एमबाप्पे, एन्टोनियो ग्रिजम्यान र ओसुमान डेम्बेलेले एक/एक गोल गरे ।

    दुवै टोली युरोकप फुटबलको तयारीमा छन् । युरोकप फुटबल जुन ११ देखि जुलाई ११ सम्म आयोजना हुँदै छ । जसमा दुवै टोली बलियो देखिन्छन् ।

  • २० जेष्ठ २०७८, बिहीबार १२:४६ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images