आइसोलेसनमा खाना खुवाएका युवाले गरे खर्च सार्वजनिक
  • CIA Khabar

  • पाल्पा– कोभिड१९ संक्रमणले लकडाउनको समयमा अस्पतालको आइसोलेसनमा खाना खुवाएका युवाहरुले खर्च सार्वजनिक गरेका छन् ।

    अस्पतालमा निर्मित आइसोलेसनका कोभिड पोजेटिभ बिरामी, उनीहरुका कुरुवा आफन्ती र  स्वास्थ्यकर्मीको लागि युवाहरुले आफ्नै पहलमा खाना खुवाउन सुरु गरेकोमा पछि धेरै क्षेत्रबाट सहयोग जुटेको थियो । रामपुर युवा क्लब र ट्राभल डेण्ट्रीष्टि नेपालले रामपुर अस्पताल संगै समन्वय गरि लकडाउनको अबधिभर खाना खुवाएको थियो । रामपुर युवा क्लबले शुक्रवार न्यु श्रीनगर हलमा शुभकामना आदानप्रदानको अबसर पारेर खर्च सार्वजनिक गरेको हो ।

    लकडाउनको समयमा गत बैशाख ३० गतेदेखि क्लबले अस्पतालको आइसोलेसनमा बिहान र साझ खाना तयार गरेर लैजान शुरु गरेको हो । ४ महिनासम्म लगातार अस्पतालमा खाना खुवाएको युवाहरुको टिमलाई अन्य क्षेत्रबाट पनि सहयोग जुट्यो । खाना खुवाउने अबधिभर देश तथा बिदेशमा रहेका नेपालीहरु युवा र युवा क्लबको सह्रानिर्य कार्यमा हौसला थप्दै सहयोग गरे । सो अबधिमा ५ लाख ४८ हजार ६ सय २७ रुपँया सहयोग जुटेको क्लबका अध्यक्ष छम बहादुर दरैले जानकारी दिनुभयो । जसमध्ये चामल, तरकारी, फलफुलमा २ लाख २८ हजार ८ सय ५० रुपँया, पकाउने भाडा १० हजार र डेण्टलका स्टाफ सहित साझ बिहान खाना तयार गर्ने समुहलाई प्रति महिना १५ हजारका दरले ६० हजार गरि कुल २ लाख ९८ हजार ८ सय ५० रुपँया बचत भएको अध्यक्ष दरैले बताउनुभयो । तत्कालको लागि बचेको केही रकम पुनः यस्तै सामाजिक काममा सल्लाह बमोजिम सेवामा लगाउने क्लबले जनाएको छ ।

    कार्यक्रममा शुभकामना सन्देश दिनुहुदै क्लबका सल्लाहकार हजुलदिन मिँयाले क्लबले अस्पतालका बिरामीलाई गरेको सहयोगको सिको सबैले गर्नुपर्ने बताउनुभयो । सल्लाहाकार प्रेम श्रेष्ठले क्लबले बिगत देखिको संस्थागत कार्यलाई अझ परिस्कृत गरि रामपुर क्षेत्रकै जेठो क्लबको रुपमा अब पनि नेतृत्व लिएर सामाजिक काममा लाग्नुपर्ने बताउनुभयो । सल्लाहाकार बिष्णु प्रसाद पौडेलले युवा शक्तिको इच्छा र एक जुटले निकै राम्रोे सन्देश गएको बताउदै यो सेवामा सहयोगीदाता आफै क्लबलाई खोज्दै आउने अबस्था बनायो । यस्ता कार्य निरन्तर हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
    रामपुर अस्पतालका मे.सु.डा.बिजय परियारले युवा क्लब खेलकुद मात्र भन्दा बाहिर आएर निकै सह्रानिर्य काम गरेको बताउदै यस किसिमको युवाको सहयोगले सबै पक्षलाई सुविधा पुगेको बताउनुभयो । शुरुवात भन्दा पनि निरन्तरता महत्वपुर्ण हो, निरन्तर ४ महिना दैनिक खाना पु¥याउनु भनेको सहज होइन तथापि यसले अस्पताललाई निकै ठुलो सहयोग पुग्यो उहाँले भन्नुभयो । क्लबका सल्लाहाकार, पदाधिकारी तथा सदस्य सहभागी भएको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै गोविन भट्टराईले भर्खर आइसोलेसन बनेको अस्पतालको हाताभित्र बर्खाको समयमा एम्बुलेन्स जान नसकिरहेको गेटको अबस्थाका बेला एम्बुलेन्स त जाला खान के पाउछन् होला भन्ने क्लबका सचिब सुन्दर कडेंलको बिचारबाट युवाहरुले तत्कालका लागि हामी खुवाउ भनेर शुरुवात गरेकोमा एक किसिमले सफलता मिलेको बताउदै सबै लागे गर्न सकिनेछ भन्ने सन्देश दिएको बताउनुभयो । कार्यक्रममा सहभागी सबैले अन्तरक्रिया सहित एक आपसमा शुभकामना आदानप्रदान गरेका थिए ।
    ‘‘रोगसँगै भोकबाट पनि बाच्नुपर्छ’’ भन्ने सन्देश सहित क्लबले फुड बैंकको रुपमा आइसोलेसनमा रहेका बिरामी, कुरुवा, स्वास्थ्यकर्मीलाई गरि ३ हजार ९ सय ३२ प्लेट खाना खुवाएको छ । दैनिक बिहान र साझँ खाना खुवाउने समय अस्पतालको आइसोलेसन टिमसँग समन्वय गरि विरामी र कुरुवाको अबस्था अनुसार दैनिक खाना लैजाने गर्दथे । छाकमा ४प्लेट देखि बढीमा ३० प्लेटसम्म खाना खुवाएको क्लबका उपाध्यक्ष नविन श्रेष्ठले जानकारी दिनुभयो ।
    क्लबका अध्यक्ष छम बहादुर दरैको अध्यक्षतामा भएको कार्यक्रममा ट्राभल डेण्ट्रिष्टि नेपालका अध्यक्ष तथा क्लबका सदस्य डा. शंकर श्रेष्ठले धन्यवाद दिनुभएको थियो भने कार्यक्रमको सञ्चालन क्लबका सचिव सुन्दर कडेंलले गर्नुभएको हो ।

  • २३ आश्विन २०७८, शनिबार १३:१५ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images