प्रियंकालाई औंठी दिन स्टोर बिक्री
  • CIA Khabar

  • मुम्बई(अमर उजाला)– प्रियंका चोपडा बलिउडकी यस्ती अभिनेत्री हुन्, जसले बलिउडदेखि हलिउडसम्म आफ्नो पहिचान बनाएकी छन् । ‘देशी गर्ल’का रुपमा परिचित प्रियंकाले हलिउड पुगेपछि सफलता मात्र पाइनन्, उनले जीवनसाथी निक जोनस पनि पाइन् ।

    प्रियंका प्रायः सामाजिक सञ्जालमा पति निकसँगको कैयौं तस्वीर र भिडियो शेयर गरिरहन्छिन् । हालैमात्र प्रियंकाले हलिउडका मिडियासँगको कुराकानीमा आफ्नो सबैभन्दा प्रिय र महंगो वस्तुको बारेमा बताइन् ।

    प्रियंकाका अनुसार उनको जीवनको सबैभन्दा प्रिय वस्तु अहिले उनका पति निकले दिएको इन्गेजमेन्ट औंठी रहेको छ । ‘मैले यसो भनिनँ भने निकले मलाई मार्छन् । तर म आफ्नो गहनाको मामलामा भावुक छु । मेरो इन्गेजमेन्टको औंठीले मलाई बितेका दिनको सम्झना गराउँछ,’ प्रियंकाले भनेकी छन् । प्रियंका र निकले सन् २०१८ मा विवाह गरेका थिए ।

    प्रियंका र निकको इन्गेजमेन्टको समयमा उनको औंठीको चर्चा निकै भएको थियो । समाचार अनुसार प्रियंकालाई इन्गेजमेन्टको औंठी दिनका लागि निकले आफ्नो एक स्टोर नै बेचेका थिए । यो औंठीको मूल्य करिब २ लाख डलर थियो ।

  • २४ कार्तिक २०७८, बुधबार ११:२४ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images