किन पैदल हिँड्ने, कसरी हिँड्दा मिल्छ लाभ
  • CIA Khabar

  • हिड्नु स्वास्थ्यकालागि निकै लाभदायक हुन्छ । तर यसको जानकार भएपनि धेरै मानिस पैदल हिड्न रुचाउँदैनन् । तर पैदल हिड्ने बानी बसाउनु राम्रो हुन्छ । यसकालागि दैनिक कम्तिमा आधा घण्टा र सातामा पाँच घण्टा छिटछिटो हिड्ने बानि बसाउनु पर्दछ ।

    पैदल हिड्ने बानीले मधुमेह, उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, मुटु रोग, मोटोपना आदिबाट बच्न सकिन्छ । पैदल हिड्न बिहान मात्र राम्रो हुन्छ भन्ने हुदैँन जुनैबेला पनि हिड्नु लाभदायी हुन्छ । तर बिहानीको हिडाईले बढि लाभ भने दिने गर्दछ ।

    एकदमै व्यस्त व्यक्तिले पनि दैनिक १५ मिनेट हिँड्न आवश्यक छ । अझ एक घण्टामा चार किलोमिटर पार गर्नेगरी हिडेमा यसले शरीरमा धेरै लाभ पुर्याउँछ । तर वृद्घ, रोगी, हाडजोर्नीका समस्या भएकाहरूले भने बिस्तारै हिँड्नु पर्दछ ।

    हिड्दा वातावरणको प्रदूषण हुने, दुर्घटना हुने, कुकुरको टोकाइजस्ता जोखिम हुने ठाँउमा भने हिड्नु हुदैँन । यसको सट्टा चारैतिर हरियाली भएको सफा क्षेत्रमा हिड्नु राम्रो हुन्छ । हिड्नु आधा घण्टाअघि पानी पिउनु पर्दछ र फर्केको आधा घण्टापछि पानी पिउनु पर्दछ ।

    चिसो याममा वातावरणमा ससाना प्रदूषण कारक कणहरू हुने भएकाले धेरै चिसोमा हिँड्नु हुदैँन । मुटु, उच्च रक्तचाप, फोक्सोका रोगीहरू चिसो याममा बिहान नहिँडेर घाम लागेपछि वा चिसो कम भएपछि मात्र हिँड्नु उपयुक्त हुन्छ ।

    सम्भव नभए बरु घर क्षेत्रमा केहिबेर छिटोछिटो हिड्नु पर्दछ । हिँड्दा आरामदायक चप्पल वा जुत्ता लगाउनु पर्दछ । बढी खुकुलो वा बढी टाइट कपडा वा जुत्ता लगाउनु हुँदैन ।

  • २४ बैशाख २०७८, शुक्रबार ११:२१ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images