नेपालबाट हुने हवाई उडानमा युएईले लगायो रोक
  • CIA Khabar

  • काठमाडौँ । कोरोना संक्रमण बढिरहेको भन्दै यूएईले नेपालसहित दक्षिण एसियाका चार देशबाट हुने हवाई उडानमा प्रतिबन्ध लगाएको छ ।

    यो प्रतिबन्ध बुधबार मध्यरातदेखि लागू हुने यूएईको खलिज टाइम्स डटकमले उल्लेख गरेको छ ।

    हवाई उडानमा प्रतिबन्ध लागेका देशमा नेपालबाहेक बंगलादेश, श्रीलंका र पाकिस्तान छन् । भारतमाथि यसअघि नै प्रतिबन्ध लागिसकेको छ ।

    कार्गो उडानमा भने रोक लगाइएको छैन । यूएईका नागरिक, कूटनीतिक मिसनका अधिकारी, व्यापारी तथा गोल्डेन भिसावाहक भने यी देशबाट त्यहाँ जान सक्नेछन् ।

    उनीहरूले उडान हुनुअघि बढीमा २४ घण्टाबीचमा पीसीआर टेस्ट गरी प्राप्त भएको नेगेटिभ रिपोर्ट देखाउनुपर्ने छ । त्यस्ता व्यक्तिले यूएईमा १० दिन क्वारेन्टिनमा बस्नुपर्ने छ ।

    नेपालले वैशाख २३ गते मध्यरातबाट भारतसँग साताको दुई पटकबाहेक सम्पूर्ण अन्तर्राष्ट्रिय उडानमा रोक लगाइसकेको छ ।

  • २७ बैशाख २०७८, सोमबार २०:०५ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images