मदन भण्डारी र जिवराज आश्रित लाई सम्झिदै गर्दा….
  • सन्तोस सिलवाल

  • सिकार गर्न जाँदै गर्दा हतियार बलियो, गतिलो र भरपर्दो हुनुपर्छ नत्र सिकार गर्न सकिन्न। हो यही मान्यता थियो कमरेड मदन भण्डारीको।

    समाजवादको बाटो तय गर्दै गर्दा सामन्तवाद र साम्राज्यवादको शोषण , उत्पीडनलाई अन्त्य नगरी सम्भव छैन । यसको निम्ति संघर्ष कस्ले गर्ने हो या हतियार के हो भन्दा संगठन । भण्डारीले नेपाली क्रान्तिको कार्यक्रम जनताको बहुदलीय जनवादको आठौं नम्बरमा उल्लेख गरेका छन् बामपन्थी एकता र पार्टी एकीकरणको निति ।

    उनले व्याख्या गरेका छन् “सैद्धान्तिक , राजनीतिक र विचारधारात्मक संघर्षको क्रममा समान मतमा रहेका समूह वा व्यक्तिलाई सम्मान पुर्वक ढंगले पार्टीमा एकताबद्ध बनाउनु पर्छ, एकीकरण लाई व्यापक र सुदृढ वनाउनु पर्छ। यसले संगठन तेज हुनेछ।” यसको थालनी भण्डारी ले २०४७ सालमा ने.क.पा (माले) र ने.क.पा (माक्र्सवादी) एकीकरण गरि ने.क.पा (एमाले) बनाई सुरु गरेका थिए ।

    तत्कालीन ने.क.पा (एकताकेन्द्र) संग पनि वार्तालापको क्रममा थिए। अर्को कुरा उनले सभा सम्मेलनमा पनि भन्ने गरेका थिए “कम्युनिस्ट कार्यकर्ताको वर्गिय र त्यहि खालको आचरण हुनु पर्छ” जुन अहिले ९५% भन्दा बढी कार्यकर्ताको देखिदैन । त्यसकारण आज मदन भण्डारी र जिवराज आश्रित लाई सम्झिदै गर्दा आम कार्यकर्ताको कम्युनिस्ट आचरण भएन र बामपन्थी एकता र पार्टी एकीकरणको निति बिना पार्टी हिड्यो भने संविधानमा उल्लेखित समाजवाद प्राप्ति गर्न कठिन हुन्छ । तर एकीकरण गर्दा संगठनको पाइन(भण्डारी ले प्रयोग गर्ने सब्द) नहेरी र गर्न नहुने रैछ भन्ने माओवादी संगको एकता बाट पाठ लिइसक्यौ।

    त्यसैले पाइन हेरेर एकता र गठवन्धन गर्नु पर्छ। यसो गर्दा तबमात्र संगठन बलियो हुन्छ र सामाजवाद प्राप्त गर्न सकिन्छ अर्थात हतियार , बलियो गतिलो र भरपर्दो हुन्छ र सिकार गर्न सकिन्छ । यदि नेता र कार्यकर्ताले यो कुरालाइ मनन गरेर कार्यनयनमा ल्याएनन् भने , आज आम नेता कार्यकर्ताले मदन भण्डारी र जिवराज आश्रित लाई सम्झेर गरेको पोस्टको कुनै अर्थ हुनेछैन सस्तो लोकपि्रयता को लागि मात्र गरेका हुन् । यो व्यक्त गर्न मलाई कुनै कठिनाइ छैन।

    मोदनाथ सिलवाल (सन्तोस)

    स्थायी कमिटी सदस्य

    राष्ट्रिय युवा संघ, नेपाल

  • ३ जेष्ठ २०७८, सोमबार २२:३६ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images