मस्तिष्क बारेका ३ भ्रम
  • CIA Khabar

  • मष्तिक शरीरको त्यो महत्वपुर्ण भाग हो जसले शरीरका अंग सञ्चालनमा निर्देशनका साथै कुनै बिषय घटना वा क्रिया सम्झने गर्दछ । तर मष्तिकका बारेमा मानिसहरुमा केही भ्रम र यथार्थहरु चर्चामा छन् । यस स्तम्भमा तिनैको चर्चा गरौं ।

    १- मानिसले मष्तिकको १० प्रतिशत मात्र प्रयोग गर्छन् :
    धेरैमा मानिसले मष्तिकको १० प्रतिशत मात्र प्रयोग गर्ने धारणा रहेको छ । तर, यो गलत साबित भएको छ । हावर्ड विश्वविद्यालयका मनोविद् विलियम जेम्स र बोरिसको ‘रिसर्च इनर्जी थ्योरी’मा पछि यस्तो धारणा चर्चामा आएको थियो । जसमा सत्यता छैन ।

    २- मस्तिष्क ड्यामेज हुन्छ :
    मस्तिष्क ड्यामेज हुदैँन । किनभने यसको रिपेयर गर्न सकिन्छ र नयाँ सेल्स पनि बनाउन सकिन्छ । तर, मस्तिष्क पूर्ण रूपमा ड्यामेज चाहिँ हुदैँन ।

    ३- मष्तिकमा भार पर्दा टाउको दुख्छ :
    धेरैले मष्तिकमा भार पर्ने गरी तनाव भएकाले टाउको दुखेको भन्छन् । तर मष्तिकमा ‘पेन रिसेप्टर’ नै हुँदैन । मस्तिष्कको चारैतिर हड्डी र स्काल्फले कभरिङ गरेको हुन्छ । र, त्यसैमा हुन्छ पेन रिसेप्टर । त्यसैले टाउको दुख्नु टाउकोका मसल्समा हुने असरको कारणले हो, न कि मस्तिष्कको ।

  • ४ जेष्ठ २०७८, मंगलवार १३:१३ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images