युवा नेतृत्व र नेकपा एमाले को भबिस्य
  • सुमन कार्की

  • स्पेन । नेपाल मा धेरै साना कम्युनिष्ट पार्टी आए र गए । ती कम्युनिष्ट पार्टी हरुमा नेकपा एमाले मात्र एस्तो पार्टी हो जो हरेक चुनौती सग लडाइँ गरेर अहिले पनि मुल कम्युनिष्ट केन्द्र भएको छ । नेकपा एमाले भित्र अहिले नि केही समस्या छन तर ती आफै समाधान भएर जाने छन ।

    कारण नेकपा एमाले ले एउटा इतिहास र नाम बनाइसकेको छ । कमरेड मदन भण्डारी को जबज , उहाको नाम र सुर्य चिन्ह यी तीन कुरा एकैसाथ भएसी एमाले लाई कसैले हराउन सक्दैन ।

    पहिले नेपाल मा राजतन्त्र स्थायी शक्ति थियोे भने अहिले नेकपा एमाले हो । एमाले ले नै राष्ट्रियता, लोकतन्त्र र समृद्ध नेपाल सुखी नेपाली को सपना पूरा गर्न सक्छ । सबैलाइ थाह छ एमाले एउटा एस्तो पार्टी हो जसले जित्न मात्र जानेको छ हार्न जानेको छैन । ५१ साल को अल्पमत को सरकार पछी एमाले एउटा देश को सान भएर जनता को भरोसा र आसा को केन्द्र भएर उदाएको छ ।

    माओवादी अध्यक्ष प्रचण्ड , माधव कुमार नेपाल हरु ले सुर्य चिन्ह र नेकपा एमाले प्रती जुन लोभ र कब्जा गर्ने दुस्साहस गरे त्यो सब एमाले पार्टी कब्जा गरि आफ्नो राजनितिक भबिस्य जोगाएर सत्ता मा पुग्ने प्रपन्च थियोे ।

    अब को नेकपा एमाले युवा हरु जो चाहना र माग अनुसार को हुनुपर्छ । पुराना नेता हरुले युवा लाई जिम्मेवारी सुम्पेर पर्यवेक्षक वा अभिभावक को रुपमा पार्टी मा बस्नुपर्छ । अहिले नेकपा एमाले मा बैचारिक नेताहरु को कमि छ अनेरास्ववियु ले तेस्को पुर्ती गर्न पर्छ । प्रबास मा रहेका बाध्यता ले तर एमाले लाई माया गर्ने युवालाई नि पार्टी ले जिम्मेवारी दिन पर्छ । पार्टी ले काम गर्ने बेक्ति लाई जिम्मेवारी दिन पर्छ । बुर्जुवा को कब्जामा एमाले जान लागेको हो कि भन्ने अभास मलाइ भएको छ । पुजिपती को हैन मजदुर किसान र श्रमजिबि बर्ग को पार्टी र युवाहरुको प्यारो पार्टी एमाले को निर्माण गरि समाजवाद तर्फ को यात्रा गरौ ।

    – सुमन कार्की
    अध्यक्ष मदन भण्डारी फाउन्डेसन, स्पेन

  • ४ जेष्ठ २०७८, मंगलवार २०:१४ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images