यसकारण सहि छ ओलि सरकारले ल्याएको नागरिकता अध्यादेश
  • लेखनाथ बेल्बासे

  • कपिलबस्तु । नेपाली नागरिकता सम्बन्धि अध्यादेश सम्बन्धमा गरेको संशोधन उपर नेपाली संचारगृह र सामाजिक संजालमा आएका विभिन्न टिप्पणी देखिसकेपछी त्यस सम्बन्धमा गहन अध्ययन गरे । त्यस अध्यादेशमा भएका कुराहरु हेर्दा जति टिकाटिप्पणी भएको छ त्यति गम्भीर र संकट हुने बिषय भने रहेनछ । नेपालको संविधान जारी( २०७२ असोज ३) हुनुभन्दा पहिले #बुवा र आमा” #नेपाली नागरिक” हुन भने तिनको छोराछोरी १६ बर्ष पुगेपछि बंशजको नागरिकता प्राप्त गर्न योग्य हुनेरहेछन ।
    • नेपाली नागरिकता प्राप्त आमाबाबुका दोस्रो तेस्रो पुस्तामा पुग्दा पनि अंगिकृत नागरिक नै भैरहने कुराले कालान्तरमा एउटै देशमा दुई थरी नागरिक हुने र तिनमा अधिकारको बिषयमा दीर्घकालीन द्वन्दमा फस्ने प्रष्ट देखिन्छ ।
    • हाम्रै नेपाली दाजुभाइहरु लाखौको संख्यामा अमेरिका, क्यानडा , जापान, अस्ट्रेलिया, बेलायत लगाएतका विभिन्न देशमा स्थायी बासिन्दा भएर गएको कुरा सर्वबिधितै छ । तिनिहरुका सन्तान (दोस्रो तेस्रो पुस्ता)अहिले त्यहाको सबै अधिकार प्राप्त नागरिक हुन । तिनिहरुले अधिकार प्राप्त गर्दा खुसी हुने नेपाली दाजुभाइहरु अहिले आएको अध्यादेशमा दुखी हुने कहि कतै स्थान छैन । –
    • अहिले आएको अध्यादेशको बिरोध गर्नु भन्दा सबै मिलेर अंगिकृत नागरिकता नै दिनु हुदैन भनेर बिरोध गरौ त्यसो गर्दा नेपालमा कोहि पनि आउने छैन । नेपालको संविधानमा अंगिकृत नागरिकलाई देशको मुख्य पदहरु रास्ट्रपति, उपराष्टपति, प्रधानमन्त्री, सभामुख, प्रधानन्यायाधीश, सेनापती, प्रहरी महानिरीक्षक, मुख्यमन्त्री लगाएतका १२/१३स्थानमा बन्देज गरिएको छ । –
    • नेपाल कम्युनिस्ट पाटिले अडान लिदै आएको बिषय भनेको बैवाहिक अंगिकृतको बिषय हो जसमा ७ बर्ष कुर्ने कुरा हो र त्यो बिषयमा नेकपा एमालेको दृढ अडान कायमै रहेको छ ।
    • अहिले ल्याइएको नेपाली नागरिकता सम्बन्धि अध्यादेश प्रती नेपाली कांग्रेस लगाएत कुनै पनि दलको बिरोध छैन । केही बुद्धिजिबि र केही संचारगृहको बिरोध देखिएको छ त्यसले नेपाली समाजलाई बिग्रह र कलह कायम भैराखोस र मुलुक बिकास र समृद्धिको यात्रामा अघि नबढोस भनी केपि शर्मा ओलि नेतृत्वको सरकार र युवा पुस्तामा आक्रषण बडेको पार्टी नेकपा एमालेलाई कमजोर पार्न सकिन्छ कि भनी लगाएको नाटकिय स्टण्ड मात्रै हो ।
  • १० जेष्ठ २०७८, सोमबार १२:०४ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images