बेलहिया क्रिकेट टि-२० प्रतियोगिताको सिंहद्रारा उद्घाटन
  • अनिल कुमार साह

  • काठमाडौँ –बेलहियामा क्रिकेट टि-२० प्रतियोगिता आज देखि सुरु भएको छ । शुक्रबार प्रसौनी गाउँपालिका वडा नं. ६ स्थित बेलहिया क्रिकेट ग्राउण्डमा टि-२० क्रिकेट प्रतियोगिताको एक कार्यक्रम बीच उद्घाटन नेपाली काँग्रेस जिल्ला कार्य समितिका जिल्ला सदस्य नन्देश कुमार सिंहले गरेका थिए ।

    चन्देश्वर कुमार गुप्ताको आयोजना तथा शुभनारायण गुप्ताको सहयोगमा सुरु भएको हो । प्रसैनी स्थित बेलहियाको खेल मैदानमा सन्चालन भएको प्रतियोगितामा ८ वटा टिमहरुले भाग लिएका आयोजकले जनाएको छ । प्रतियोगिता ५ दिन सम्म चल्ने आयोजकले बताएका छन् ।

    प्रतियोगितको विजेतालाई ५ हजार १ सय रुपैया नगद र उपविजेतालाई ३ हजार १ सय रुपैया नगद सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने गुप्ताले बताएका छन् ।

    चन्देश्वर कुमार गुप्ताको सभापतित्व र नेपाली काँग्रेस जिल्ला कार्य समितिका सदस्य नन्देश कुमार सिंहको प्रमुख अतिथिमा टि-२० क्रीकेट प्रतियोगिता उद्घाटन भएको थियो ।

    उक्त उद्घाटन कार्यक्रममा विशिस्ट अतिथि कमलेश कुशवाहा ,अमेरिका साह कानु,राधा किसुन ठाकुर र अनिल सोनार, खेल प्रेमी तथा सहभागी भएका टिमहरु लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन राजा गुप्ताले गरेका थिए ।

  • २६ जेष्ठ २०८०, शुक्रबार १५:०५ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images