कोरोनाको आक्रान्तमा देश: फरक बाटोमा सरकार र युवा पुस्ता
  •  सपना घिमिरे

  • अर्घाखाँची । सन २०१९ को अन्त्यतिर चीनको बुहानबाट सुरु भएको कोरोना महामारीले सबै २१औ सताब्दिको सबैभन्दा ठूलो मानबिय संकट निम्त्याएको छ ।हाम्रो देश पनि यश बाट अछुतो रहन सकेको छैन । दिन प्रतिदिन कोरोना भाइरस का बिरामी बडिरहेका छ्न । मृतक हरुको संख्या बडिरहेको छ। देश संकट मा फसेको छ ।कोरोना कहरको पिडामा छ्ट्पटाउदै गरेका जनता भ्यक्सिन , अक्सिजन र अस्पताल मा बेड मागिरहेका छ्न तर बिकृती राजनिती ले चुनाब दिएको छ । कोरोना अस्पताल भनी रुपान्तरण गरिएका अस्पताल मा भनेबमोजिम बेड छैन्न अक्सिजन को अभब छ भेन्टिलेटर छैनन ।

    कोरोना ले त्राही त्राही गराएका बिरामी हरु खुला आकास मुनि बस्न बाध्य छ्न बेड को लागि आफन्तको चित्कार आबज अस्पताल को परिसर मा छ । तर सरकार दलिय राजनिती , खिचतानी मा अझिएको छ ! सुबिधा सम्पन्न अस्पताल छैन । त्यस्को लागि कुर्नै चासो छैन ! तीन तह को कुनैपनि सरकार जनता प्रति उत्तरदायी देखिदैनन । अस्पताल निर्माण गर्ने सुबिधा उपलब्ध गराउने स्वास्थ्य सेबा मा आबस्यक सामाग्री जोहो गर्नुपर्ने बेला सरकार गैह्र जिम्मेवार देखिएको छ। छिमेकी मुलुक भारत बाट र कोरोना प्रभावित छेत्र बाट गाउँ मा भित्रने ब्यक्ति हरु को बारे कुनै निकाय को ध्यान पुगेको छैन , त्यसैले गर्दा गाउँ धेरै ब्यक्ति हरु ज्यरो रुघाखोकी बाट ग्रसित छ्न तर त्यहा कुनै परिक्षण गरिएको छैन ! गाउम जोखिम बड्दो छ त्यहा कसैले चासो देखाएको छैन , तर स्थानीय निकाय हरु आफ्ना राजनिती टिकाटिक्पणी मै ब्यस्त छ्न । यस्तो अबस्था मा राजनिती दल हरु आफ्नो ब्यतिगत स्वार्थ मा ब्यस्त छ्न यस्तो अबस्था ले जनता निरास छ्न ।

    एकातिर कोरोना ले आतंक मच्चाएको छ ! कति बेला के सुन्नुपर्ने हो टुंगो छैन । यस्तो अबस्थामा राजनिती खिचतानी ले मानिसहरु को सरकार प्रतीको बिश्वास हराएर गएको छ । देशको लागि प्रमुख भुमिका युवा को हुन्छ तर युवाहरु सामाजिक संजाल मार्फत राजनीतिक बहस गरिरहेका छ्न!जसले देश लाई अधोगती सामाजिक सौहाद्र मनोभाब को दुरिलाइ ब्रेक गर्ने तर्फ फोत्साह्न गर्दै लगेको छ । युवा पुस्ताको दिन सामाजिक संजाल को राजनीतिक टिकाटिपणी , घिर्नालाग्दा शब्द को आगमन सगै ब्यक्तिको योग्यता गिराएको छ । जसले युबापुस्ताको को देश बिकास प्रतिको क्षमता खेर गइरहेको छ। देश को भबिस्य निर्माण गर्ने जिम्मा युबा पुस्तामा छ तर सामजिक संजाल को राजनिती टिकाटिप्पणी ले युबा पुस्ताको बिज्ञता मा खोट लगाएको छ ।

    भद्रगोल राजनीति ले निकास कहिले पाउने? जनता ले सुरक्षाको अनुभुति कहिले पाउने ? कहिले राजनीतिज्ञ हरु कहिले सुध्रिने?जनताले जनताका लागि बनाएको सरकर यस्तो हुन्छ? किन नाम मात्रै को जनताको सरकार भनियो ?घर घर मा स्वास्थ सेबा भनी किन नचाहिने कुरा फैलाउन जस्ता प्रस्न सरकार माथी उठिरहेका छ्न तर सरकार मौन छ ! केबल आफ्ना पदिय भागबन्दा मा ब्यस्थ छ । यस्तो कहालिलाग्दो परिस्थितिमा सरकार ले सबै कुरा को जोहो गर्न सक्दैन जनता लाई सुरक्षा प्रदान गर्न सक्दैन भने अब जनताले कसरी बिश्वास गर्ने ? सामाजिक सुरक्षा स्वास्थ सुरक्षा गर्ने सरकाको दायित्व भित्र पर्छ । खोइ सरकार कता छ भनी खोज्न पर्ने बेला आएको छ।

    देश को समस्या एकातिर छ तर सरकार अर्कै कुरा मा रोमलिएको छ । यस्तो बेला राजनीति भद्रगोल पारी फेरि चुनाब मा जानूलाई देस द्रोही कदम मानिन्छ। आपत कालिन यस्तो संकट को अबस्था मा चुनाबी नारा होइन जनतालाइ सुरक्षा अनुभुति दिलाउनुपर्यो । अहिले मत पत्र छाप्ने पैसा भ्याक्सिन , भेन्टिलेटर , अक्सिजन , बेड किन्न मा खर्च गरिनुपर्छ। परिक्षण को दायारा बडाउन त्यसको लागि चाहिने आबस्यक सामाग्री को जोहो गर्नुपर्छ र कोरोना आक्रन्त लाई हटाओस ।अहिले चुनावी माओल बनाउने समय होइन ।

  • १५ जेष्ठ २०७८, शनिबार ०९:३६ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images