चेल्सीले जित्यो च्याम्पियन्स लिगको उपाधि
  • CIA Khabar

  • काठमाडौँ । चरिपरिचित प्रतिद्वन्द्वी म्यान्चेस्टर सिटीलाई पराजित गर्दै चेल्सीले यूईएफए च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ ।

    पोर्चुगलमा शनिबार राति भएको फाइनलमा अर्को इंग्लिस क्लब सिटीलाई १-० गोल अन्तरले पराजित गर्दै चेल्सीले उपाधि जितेको हो ।

    पोर्टोस्थित स्टाडियो डो ड्रागाओ स्टेडियममा चेल्सीलाई जित दिलाउन काइ हाभर्ट्जले निर्णायक गोल गरे ।

    खेलको ४३औँ मिनेटमा हाभर्ट्जले निर्णायक गोल गरेका हुन् । यससँगै चेल्सीले दोस्रो पटक च्याम्पियन्स लिगको उपाधि जितेको छ । यसअघि चेल्सीले सन् २०१२ मा उपाधि जितेको थियो ।

  • १६ जेष्ठ २०७८, आईतवार ०९:१३ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images