विश्वकप छनोट खेल्न नपाली फुटबल टोली कुवेत प्रस्थान
  • CIA Khabar

  • काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोली इराकबाट कुवेत प्रस्थान गरेको छ । सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबलको छनोटका बाँकी खेल खेल्न नेपाल कुवेततर्फ प्रस्थान गरेको हो ।

    नेपाली टिमका व्यवस्थापक मधुसुधन उपाध्यायका अनुसार इराकी स्थानीय समय अनुसार नेपाली टोली साँझ ६ बजे कुवेततर्फ प्रस्थान गरेको हो । गएराति भएको इराकसँगको मैत्रीपूर्ण खेलमा नेपाल ६-२ गोल अन्तरले पराजित भएको थियो ।

    नेपाल आफ्नो समूह ‘बी’ को चौथौं स्थानमा रहँदा विश्वकप खेल्ने सम्भावना लगभग न्यून देखिन्छ।

    नेपालले आगामी ‘जुन ३’ मा चाइनिज ताइपेइ, ‘जुन ७’ मा जोर्डन र ‘जुन ११’ मा अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ। नेपालले सबै खेल कुवेतको ‘जबिर अल अहमद अन्तराष्ट्रिय स्टेडियम’मा खेल्नेछ।

  • १६ जेष्ठ २०७८, आईतवार २१:३८ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images