कोपा अमेरिका फुटबल ब्राजिलमा हुने
  • CIA Khabar

  • काठमाडौँ । कोपा अमेरिका फुटबल आयोजनास्थल अर्जेन्टिनाबाट ब्राजिलमा सारिएको छ । दक्षिण अमेरिकी फुटबलको सर्वोच्च निकाय (कन्मेबोल) ले सोमबार कोपा अमेरिका ब्राजिलमा आयोजना हुने जनाएको हो ।

    कोरोना भाईरसको महामारीको कारण अर्जेन्टिनाबाट प्रतियोगिता ब्राजिलमा सारिएको हो । कोरोनाको दोस्रो लहरसँगै अर्जेन्टिनामा फुटबल गतिविधि एक महिनाबाट स्थगित गरिएको छ ।

    प्रतियोगिता जुन १३ देखि जुलाई १० सम्म हुने तालिका रहेको छ ।

  • १८ जेष्ठ २०७८, मंगलवार ०९:४३ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images