विश्वकप क्रिक्रेट खेल्ने मुलुकको संख्या बढाउने आइसीसीको निर्णय
  • CIA Khabar

  • काठमाडौँ । आईसीसीले एकदिवसीय विश्वकप क्रिकेटमा सहभागी मुलुकको  संख्या बढाएको छ ।

    आईसीसीले एकदिवसीय र टी-ट्वान्टी विश्वकपमा खेल्ने टिमको संख्या बढाएको छ । अब एकदिवसीयमा १४ टिमले प्रतिस्पर्धा गर्नेछन् भने टी-ट्वान्टीमा २० टिमबीच प्रतिस्पर्धा हुनेछ ।

    आईसीसीले २०२७ र २०३१ को विश्वकपमा १४ टिमले प्रतिस्पर्धा गर्ने जनाएको छ । यसअघि एकदिवसीय विश्वकपमा १० टिमले प्रतिस्पर्धा गर्दै आएका थिए ।

    यस्तै टी-ट्वान्टी विश्वकपको सन्२०२४, २०२६, २०२८ र २०३० विश्वकपमा २० टिमले प्रतिस्पर्धा गर्ने आइसीसीले जनाएको छ । टी-ट्वान्टी विश्वकपमा १६ टिमले प्रतिस्पर्धा गर्दै आएका थिए ।

  • १९ जेष्ठ २०७८, बुधबार ०७:२६ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images