नेपालले आज चाइनिज ताइपेईसँग भिड्दै
  • CIA Khabar

  • काठमाडौँ । कतारमा हुने सन् २०२२ काे विश्व कप तथा एसियन कप २०२३ को छनोट चरण अन्तर्गत आज नेपालले पहिलो खेलमा चाइनिज ताइपेई सँग भिड्दैछ ।

    विश्व कप छनोट अन्तर्गत समूह ‘बी’ मा चार घरबाहिर र एक घरमा गरी नेपालले अहिलेसम्म एक खेलमा मात्र जित निकाल्दै तालिकामा तीन अङ्क बनाएको छ । कुवेतमा रहेकाे जबर अल अहमद अन्तर्राष्ट्रिय रङ्गशालामा आज राति पौने १० बजे हुनेछ ।  चाइनिज ताइपेईलाई यसअघि पनि नेपालले हराएको छ ।

    नेपालभन्दा पछि रहेको चाइनिज ताइपेईले अंक जोड्न सकेको छैन । नेपालले आउँदो २४ गते जोर्डनसँग र अस्ट्रेलियासँग २८ गते खेल्ने छ ।

  • २० जेष्ठ २०७८, बिहीबार ०८:५२ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images