परदेशबाट आफ्नो श्रीमतीको लागि सागरको पत्र
  • CIA Khabar

  • इजरायल । प्रिय मुटु , सात समुन्द्र बाट अशिम माया अनि सम्झना ; सायद तिमि यो परदेशी लाइ सम्झेर दिनहु तड्पिन्छौ होला । प्रिय सोच्छौ होला परदेशीले ढाट्यो भनेर १० महिना मा फर्किन्छु भनेर आज २२ महिना बित्दा पनि फर्किएँन भनेर । तर प्रिय म रहर ले हैन प्रदेश पसेको बाध्यता ले हो त्यस्तै म बाध्यता ले नै तिमीलाई दिएको बचन मा घर फर्किन सकेन ।

    न त् म आज चाहेर नै नेपाल आफ्नो मातृभूमि फर्किन सक्छु । प्रिय म छिट्टै घर आउंछु भनेर परदेश पसेको म आज तिमीलाई यसै दिन घर फर्किन्छु भनेर यकिन दिन दिन नसक्ने भएको छु किनकि तिमि पनि बुझ्छौ नि पापी कोरोना मलाइ परदेश मै बस्न बाध्य बनाएको छ । जब छोरो ले सोध्छ बाबा घर कहिले आउने म सधै भन्छु ” छोरो म भोलि आउंन्छु ” अब त् छोरोले पनि मेरो बिस्वास गर्न छोडिसक्यो बाबा सधै भोलि घर आउछु भन्छ तर कहिल्यै आउदैन । मेरो छोरो, मेरो मुटु म अब छिट्टै आउंछु अब म झुट बोल्दिन म अवस्य तिम्रो लागि मिठाइ अनि खेलौना लिएर आउने छु ।

    मेरी प्रिय मेरा भगवान मेरा बाबा आमा को राम्रो संग ख्याल गर्नु उहाको आशिर्बाद नै मेरो सफलता को मार्ग हो । अनि आमा बाबा लाइ पनि भन्देउ है प्रिय “हजुरको छोरा अब छिट्टै खुशी लिएर परदेश बाट आउदै हुनुन्छ ।” प्रिय अब म तिमीलाई धेरै कुराउन चाहान्न छिट्टै आउनेछु अब प्रतीक्षा को घडी नजिक आउदै छ । म आउदै छु प्रिय धेरै खुशी लिएर । अहिले लाइ बिदा बाकि अब हाम्रो भेट मा…..

    – सागर मरासिनी

    सन्धिखर्क – ८ किमडांडा , अर्घाखाँची

    हाल- इजरायल

  • २२ जेष्ठ २०७८, शनिबार १४:३४ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images