मन्त्रीमण्डल पुर्न:गठन र नश्लिय प्रबृति
  • राजु पहारी

  • बर्दिया । मन्त्रीमण्डल पुनः गठनसँगै नेपाली राजनीति तात्यो । धेरैले आकलन नगरेका र धेरै राम्रो काम गरेका मन्त्रीहरु बाहिरिए अथवा हटाइए । परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली र रघुबिर महासेठको तुलना हुनै नसक्ने भन्दै समाजिक सजाल तातिरहेको छ । कतिले त प्रधानमन्त्रीले काम गर्न दिएनन् सम्म भने तर वास्तविकता बिल्कुल अलग छ । जब स्थायी कमिटीको बैठक बस्दै थियो, नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल पुर्न: गठन सम्बन्धी सबैको राय माग्नुभयो । त्यस क्रममा पार्टी महासचिव ईश्वर पोखरेलले पार्टीका नेताहरु सरकार केन्द्रीत मात्र नभएर पार्टी बनाउन तिर लाग्ने र आफु पनि सरकारबाट बिदा हुने बताउनुभयो । ईश्वर पोखरेलको कुरो सुनिसके पछि जनताको मनमा असाध्य राम्रो काम गर्नु भएका मन्त्रीहरु पार्टी प्रवक्ता तथा पररास्ट्रमन्त्री प्रदिप ज्ञवाली, सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चार एवं सूचना प्रविधिमन्त्री पार्वत गुरुङ, पर्यटनमन्त्री भानुभक्त ढकाल, कृषिमन्त्री पदमा अर्यालसहित सवैले प्रधानमन्त्रीलाई आफुहरु जनतामा जाने जानकारी दिनुभएको थियो । सञ्चारमन्त्री गुरुङले सार्वजनिक रुपमै प्रधानमन्त्रीलाई सहज बनाउन र पार्टी एकताका लागि आफू मन्त्री पद त्याग्न तयार रहेको बताउनुभयो । झट्ट हेर्दा राम्रो काम गरेका मन्त्रीहरुले सरकार छोडे पनि पार्टी बलियो बनाउन जुन साहस देखाउनु भएको छ यो सर्हानिय छ ।

    पार्टीको आन्तरिक सन्तुलन मिलाउन उपप्रधानमन्त्री सहित अर्थको जिम्मा बिष्णु पौडेललाई दिइयो भने उपप्रधानमन्त्री सहित परराष्ट्र मन्त्रीको जिम्मा रघुजित महासेठलाई दिइयो । अहिलेको जटिल परिस्थिति सामना जो कोहिले गर्न सक्दैन एकातिर एमाले पार्टी फुटको अन्तिम बिन्दुमा छ भने अर्को तर्फ सरकारको नेतृत्व पनि गरिरहेकोले यो बिषम परिस्थिको सामना गर्न पक्कै पनि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई अप्ठ्यारो छ । यहि अप्ठ्यारोलाई मध्यनजर गर्दै पार्टी भित्रका प्रीय नेताहरुले मन्त्री पद छोड्न पर्यो । सरकार संचालन को क्रममा धेरै मधेसबाट प्रतिनिधित्व गर्ने नेताहरु मन्त्री र उपप्रधानमन्त्री बनेको इतिहास मेटिएको छैन । सामाजिक संजालमा उपप्रधानमन्त्री तथा शहरी बिकास मन्त्री राजेन्द्र महतोलाई ओलीको रास्ट्रवादसँग जोडेर एक किसिमको भ्रम फैलाउन खोजिएको छ । जुन सरासर गलत छ र यो ओलीप्रति देखाउने कुण्ठा मात्र हो । यसको सिधा प्रश्न र सिधा उत्तर छ, गिरिजा, प्रचण्ड, माधवकुमार र बाबुरामको सरकारमा राजेन्द्र महतो मन्त्री हुँदा महान् र राष्ट्रवादी थिए ? ओली सरकारमा मन्त्री हुँदा चाहिँ अराष्ट्रवादी भए ? यसको उत्तर सायद एउटै होला ‘होइन’ ! खैर ।

    अब यो सन्दर्भ यहि छोड्दै यो परिस्थितिको बिजारोपण गर्ने र यसको जिम्मावारको हो भन्ने तिर लागौं । किनकि हरेक कुरोको समिक्षा जरुरी छ । नेकपा एमालेका पूर्ववरिष्ठ नेता, पूर्व पार्टी महासचिव र पूर्वप्रधानमन्त्री हुन माधव कुमार नेपाल, यि तिनै माधवकुमार नेपाल हुन, जसले पार्टीलाई धुजा धुजा पारी देशको तेस्रो पार्टी बनाइ अब पार्टी हाक्न सक्दिन भन्दै महासचिवबाट नैतिकताको रोटी बेल्दै राजिनामा दिएका थिए । यि तिनै महासचिव हुन जुन पार्टी अध्यक्षबाट पराजित भएर केपी ओलीका बिरुद्ध गुठको पैरवी गर्दै हिड्थे । यि तिनै महासचिव हुन जसले सयौं नेता कार्यकर्तालाइ फरक लाइनको भन्दै कार्बाहि गर्दै उनिहरुको राजनीति भविष्य नै बर्बाद पारेका थिए । यि तिनै महासचिव हुन जसले राजदरबारमा पार्टीको संविधान बिपरित प्रधानमन्त्रीका लागि भेटि चडाएका थिए र यि तिनै महासचिव हुन जति बेला देश सशस्त्र द्वन्द्वमा हजारौं एमाले कार्यकर्ता कुटिदा, पेलिदा, मारिदा, अपहरण पर्दा एउटा प्रेस नोट सम्म निकालेनन् । यि पुर्ण नश्लिय हुन र यिनको सँगत पार्टी अराजकतावादी नेता नेकपा एमालेका पूर्वउपाध्यक्ष भिम रावलसँग छ । उनै भिम रावलले माधव कुमार नेपालको राजनीति बिरासत त धान्लान तर त्यो बिरासत आर्यघाट नजिकको बिरासत हुनेछ ।

    जसपाको एउटा हिस्सा अहिले सरकारमा गयो । यो केपी शर्मा ओलीका लागि मधेशलाई हेर्ने अलग दृश्टिकोणलाई परिभाषित गर्यो जुन अवसर पनि हो । तर यो परिस्थिति सिर्जना हुनुमा अथवा यहाँ सम्म पुर्याउनुमा नेकपा कै नश्लिय पङ्ति अग्रसर भयो । जुन पङ्तिले पार्टी अध्यक्ष र प्रधानमन्त्रीलाई सत्तोसराप गरिरह्यो । यो प्रक्रीया निरन्तर जारी नै छ । चाहे त्यो नेकपा हुँदा होस्, चाहे त्यो नेकपा एमाले भैसकेको अवस्थामा होस् । र यसको जिम्मावार पनि त्यहि पङ्ति हो ।

    हिजो नेकपा हुँदा उतै मिलेर लड्डुको स्वाद चाखे अहिलेसँगै हुँदा त्यो लड्डुले बिष बमन पनि पार्टी अध्यक्ष माथि नै गर्दै गरे । यि छरपस्ट विषयको गम्भिर मूल्याङ्कन हुन जरुरी छ । अहिले दोस्रो तहको एउटा टिम पार्टीएकता भन्दै लागि रहेको छ । यो तहलाई पनि आयराम गयारामको सज्ञां दिदैंक फेरी अर्को लड्डु पकाउन खोजिदै छ । यसको मुल जिम्मावार माधव कुमार नेपाल, भिम रावल जस्ता नस्लिय स्वभावका प्रबृति यत्रतत्रसर्वत्र छाइरहेका छन् । ति पात्रहरु पात्र नभएर प्रबृतिका रुपमा विकसित हुँदै आइरहेको सन्धर्भमा यस्ता प्रबृतिलाई निम्ट्यान्न पार्न एक हुन जरुरी छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीले भनेझै अब आउने निर्वाचनमा मुल गेटबाटै भित्र छिर्ने संकल्प जुन छ, त्यो पुरा गर्नैका निमित्त लोकप्रीय मन्त्रीहरु अब जनता माझ जाने कुराको स्वागत गर्दा उचित हुन्छ ।

    (लेखक: रास्ट्रिय युवा संघ नेपाल केन्द्रीय सचिवालय सदस्य तथा बर्दिया जिल्ला कमिटी संयोजक हुनुहुन्छ)

  • २२ जेष्ठ २०७८, शनिबार १८:२३ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images