आदरणीय गुरु, सम्झना सधै सबैलाइ !
  • भुवन सुवेदी

  • “आदरणीय गुरुबर्ग हरु मा नमस्कार गुरु मलाई त त्यही तपाईंको गाली , पिटाइ नै प्यरो लाग्न थाल्यो नि अहिले त जिन्दगीको बोज अनि जिम्मेवारी ले नै पीडा दिइरहेछ ।

    गुरु होस्टेल बस्दा तपाईं लाई छल्न पाए निदाउन खोजिन्थियो अनि निदाउथिए नि तपाईंले साथी लाई तेस्लाइ एक झाप्प्ड हान भन्नू हुन्थियो उस्ले हान्थियो मलाई सारै रीस उठथियो गुरु त्यो बेला मन मनै गाली नि गर्थिए तर अहिले त्यो पल ती दिन सम्जिदा रमाइलो लाग्छ फेरि त्यहीँ दिन मा फर्किन मन लाग्छ के यो सम्भव छ र गुरु ?

    कुनै दिन तपाई स्कुल आउनु भएन भनि मज्जाले हास्न मन लाग्थियो रमाइलो गर्न मन लाग्थियो तर गुरु अहिले तपाईं नजिक नहुदा तपाईं लाई नै खोजिरहेछ यो मन । गुरु तपाईंलाई बढी नै सताउथिएम अनि तपाईले अफिस हिड भन्दै लग्नु हुन्थियो फ़ेरि कहिले लग्नु हुन्छ गुरु मलाई तेसरी नै तपाईंको विद्यार्थी फेरि बिगृदै छ ।

    तपाईं ले कपाल समाएर तान्दै हप्काउनु हुन्थियो काट कपाल भनेर तर म टेर्थिन गुरु फेरि तेसरी नै हप्काएर कपल कट्न लैजानु न तपाईंको विद्यार्थी ट्यापे भैसक्यो ।हो गुरु हो तपाईं ले मलाई बारम्बार भन्ने गर्नु हुन्थियो राम्रो सङ पढ् फेरि एक्दिन पछुताउदै मलाई सम्जेर मैले भनेको कुरा सम्जेर रुनेछस भनेर हो गुरु म रुदै छु ती दिन सम्जेर अब तपाईं आफै नै येस्को हल निकाल्दिनुस न गुरु अब के गरु म ?”

  • ३० जेष्ठ २०७८, आईतवार २०:२६ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images