पानसको उज्यालोले दिएको रहस्यमय जिन्दगी, समाजले दिएको उपनाम (जाले)
  • पारस गिरि

  • असार ५ म जन्मेको दिन, मध्ये रात असारको झरी साझ ९ बजे, मेरो बाबा हजुर आमा र मेरो स्वर्गिय ठूलो हजुर आमा मेरो ममि मैले दिएको पीडा भन्दा पनि त्यस पछिको खुसीको लागि मन् प्रफुल्ल थियो,
    झरी बढ्दै गयो मेरो बाबा हाम्रो सानो घरको बाहिर पिढी मा बसेर भगवानको नाम जप्दै हुनुनथ्यो,मेरो दाई दुई दिदि मेरो प्रतीक्षा गरिरहनु भएको थियो, एक दाई,दुई दिदी पछिको जन्मिँदै थिए म,

    १-२ घण्टाको झरी ममीको पीडा बढ्दै गए पछि मैले धरती मा पाइला राखे, धर्ती मा पाइला त टेके,उबेला न हस्पिटल न सुसारे घर मै हुन्थ्यो जे भएपनि, त्यो मुसलधारे झरी, अलपत्र, अन्धकार थियो नाती जन्मला काख मा राखेर मेरो बाबा दाई दिदीहरु लाई सुनाउँन आतुर स्व। ठूलो हजुर आमाको मुख बाट अचानक ूसबै कोपिलाहरु फूल बन्दैनन्,केही कोपिलामै ओइलाउँछन् भन्ने वाक्य निस्कियो।ू ममी बाबा दाई र दिदीहरु रुन थाल्नु भो ।

    पानस मटितेल बत्तिको रातो आगो बोलेको उ बेलाको चम्किलो चीज मेरो शरीर को नजिक मेरो हजुर आमाले लग्नु भो, जताततै कपडा लगाएको जस्तो देखिने जाला ले बेरिएको थिए रे शरीर कता खुट्टा कता शिर चिन्न मुश्किल थियो रे,पानस बत्तिको उज्यालो नजिक गए पछि कता कता चलेको महसुस हजुर आमा लाई भएछ र त्यो कपडा जस्तो देखिने जालो उहाले काट्नु भएछ र अंत मा मेरो रोदन ले रोइरहेका मेरा आफन्त हास्न सुरु गर्नुभयो।
    (यो थियो पानस बत्तिको उज्यालो ले दिएको रहस्य मय जिन्दगी)

    आज म यी पलहरु कल्पना गरिरहेको छु ,हजुर आमा संग म जन्मिदा को पलहरु बताउन जिद्दी गरिरहेको छु, कान्छो एक दाई दुई दिदी माया धेरै नै थियो, म परिवारको लागि सुन को टुक्रा जस्तै छु तर मलाई माया बढी भएको मात्तिएको उछृखल मनोभाव कहिल्यै आएन , म जिम्मेवार बन्न चाहन्छु खोजिरहेको छु म पारिवारिक जिम्मेवारी संगै सामाजिक जिम्मेवारी ले थिचिन चाहन्छु र काँडाबीच मा फुकेको गुलाफ बन्न खोजिरहेको छु न विरासत न आशीर्वाद म यहाँ केही नौलो अनौठो त पक्कै गर्नेछु हिलोमा फुलेको कमल जस्तै सुगन्ध दिने बन्न खोजेको छु यो सहज छैन म सोच्छु सम्झन्छु कुनै दिन म सबै जिम्मेवारी पूरा गर्ने अठोट लिएका छु ।म जन्मदा आफन्तहरु रुनुभयो र केही समय पछि रोदन हासोमा परिणत भयो समाजले के अर्थ दिन्छ त्यो म जान्दिन तर मेरो हौसला को लागि मलाई दिएको सन्देश रुवाउँदै पाइला टेकेको म यो सामाज को लागि केही उपहार पक्कै दिई जानेछु,मेरो नाम लिँदा केहि खुसी दिने भएर जानेछु।कति सफल कति असफल त्यो मूल्यांकन त म गर्दिन तर कोसिस गर्न छोड्ने छैन।

  • ६ असार २०७८, आईतवार ०८:०७ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images