बार्सा र एथ्लेटिको रोकिँदा रियललाई फाइदा
  • CIA Khabar

  • काठमाडौ । बार्सिलोनालाई गोलरहित बराबरीमा रोक्दै एथ्लेटिको म्याड्रिडले स्पेनिस ला लिगाको शीर्ष स्थानमा दुई अंकको अग्रता बनाउन सफल भएको छ । यद्यपि, यसको फाइदा चिरप्रतिद्वन्द्वी रियल म्याड्रिडलाई पुगेको छ ।

    आइतबार चौथो स्थानमा रहेको सेभियालाई हराए रियलले एथ्लेटिकोसँग अंक बराबरी गर्नेछ र हेड टु हेडको आधारमा रियलले लिगको शीर्ष स्थानमा कब्जा जमाउनेछ ।

    तीन खेल बाँकी छँदा बार्सिलोना लिगको दोस्रो स्थानमा रहेको छ । शीर्ष चारमा रहेका कुनै पनि टोलीले अझै लिग जित्ने सम्भावना कायम रहेको छ ।

    शनिबारको खेलमा बार्सिलोनाका लागि लियोनेल मेस्सीको प्रहारलाई जान ओबलाकले बचाउ गरेका थिए भने एथ्लेटिकोका लागि पहिलो हाफमा लुइस सुवारेजको प्रहारलाई बार्साका गोलकिपरले बचाऊ गरेका थिए ।

  • २६ बैशाख २०७८, आईतवार ०८:०१ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images