काठमाडौँ शीर्ष स्थानमा रहँदै नेपाल सुपर लिगको प्ले अफमा प्रवेश
  • CIA Khabar

  • तस्वीर- गोल नेपालबाट

    काठमाडौँ । काठमाडौँ रेजर्स शीर्ष स्थानमा रहँदै पहिलो संस्करणको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग ९एनएसएल० को प्ले अफमा प्रवेश गरेको छ ।

    आइतबार भएको लिग चरणको अन्तिम खेलमा एफसी चितवनलाई २–१ गोल अन्तरले पराजित गर्दै काठमाडौँ शीर्ष स्थानमा रहँदै प्ले अफमा पुगेको हो ।

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा काठमाडौंलाई जित दिलाउन मेसौके ओलोमोउ र संजोक राईले एक एक गोल गरे । चितवनका राजिब लोप्चनले एक गोल फर्काए ।

    खेलको १७ औं मिनेटमा मेसौके ओलोमोउले गोल गर्दै काठमाडौंलाई अग्रता दिलाए । विश्वास उदासको लामो पासमा चितवनका दुई डिफेन्डरलाई बिट गर्दै मेसौकेले गोल गरेका हुन् ।

    खेलको ३४ औं मिनेटमा संजोक राईले गोल गर्दै काठमाडौंलाई २–० को अग्रता दिलाए । विश्वास श्रेष्ठको पासमा चितवनका डिफेन्डरले क्लियर गर्न नसकेको बलमा संजोकले गोल गरेका हुन् ।

    त्यसपछि खेलको ४० औं मिनेटमा राजिब लोप्चनले एक गोल फर्काए पनि चितवन २–१ ले पराजित भयो । यस जितसँगै काठमाडौंले ६ खेलमा १३ अंक जोड्यो । अब काठमाडौंले प्ले अफमा दोस्रो स्थानको धनगढी एफसीसँग खेल्नेछ ।

    चितवनले भने पुछारमा रहदै प्रतियोगिताको अन्त्य गरेको छ ।

  • २६ बैशाख २०७८, आईतवार २२:०६ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images