उपाधि होडमा कहाँ चुक्यो बार्सिलोना ?
  • CIA Khabar

  • बार्सिलोना । बार्सिलोनाले यस सिजन धेरै गल्तीहरु ग¥यो । पछिल्ला चार खेलबाट केवल ५ अंक मात्रै बटुल्यो । यही गल्तीको मुल्य भारी बनेको छ । ला–लिगाको शीर्ष स्थानमा रहेको एथलेटिको म्याड्रिड अन्तिम दुई खेल बाँकी छँदा तेस्रो स्थानको बार्सिलोनाभन्दा चार अंकले अघि छ ।

    त्यस्तै, दोस्रो स्थानको रियल म्याड्रिड दुई अंकले अघि छ । अब बार्सिलोनाले उपाधि जित्न आफुले जितेर मात्र पुग्दैन, एथलेटिको र रियल पनि हार्नुपर्ने हुन्छ । त्यसैले, गणितीय रुपमा उपाधिको संभावना कायम रहेपनि व्यवहारिक रुपमा यो लगभग समाप्त भइसकेको छ । यस सिजन बार्सिलोना कमजोर हुनुका कारण यसप्रकार छन् ।

    थकान
    समय बढ्दै जाँदा बार्सिलोनाका खेलाडीहरु पनि थकित देखिन्थेँ, यो कुरालाई रोनाल्ड कोम्यानले पनि स्विकारेका छन् ।

    फालिएको अवसर
    बार्सिलोनासँग अंकतालिकाको शीर्ष स्थानमा पुग्न तीनपटक अवसर आएको थियो । तर, कुनै पनि अवसरको सदुपयोग हुन सकेन । एथलेटिको म्याड्रिडविरुद्धको खेल सबैभन्दा ठूलो अवसर थियो । तर, उक्त खेलमा जित हासिल गर्न असफल हुँदा बार्साको उपाधि आशा समाप्तीतर्फ गयो ।

    मानसिकता र तिव्रता
    लेभान्टेविरुद्ध टोलीको मानसिक थकान देखिन्थ्यो । यस्तै कारणले बार्सिलोनाले धेरै खेल बिगारेको छ ।

    चोट
    बार्साका लागि यो सिजन सहज पनि थिएन । अन्सु फाती, फिलिपो काउटिन्हो, सर्जी रोबर्टो, जेरार्ड पिके र रोनाल्डो अराउजोले यो अभियानमा महत्वपूर्ण खेलहरु गुमाइसकेका छन् ।

    गोल खाने क्रम
    बार्सिलोना प्रायजसो सिजनको अन्त्यमा उत्कृष्ट देखिन्छ । तर यसपटक त्यस्तो भएन । उसले ३६ खेलमा ३६ गोल खाइसकेको छ । उपाधिको दाबेदारका लागि यो अत्याधिक हो ।

    व्यक्तिगत गल्ती
    क्लेमेन्ट लेङलेट, स्यामुयल उमटिटीलगायत धेरै खेलाडीहरूले सामान्य गल्तीहरु गरे । यो मुल्य धेरै हुन गयो ।

    प्रभावकारिता
    धेरै अवसरमा खेलाडीहरु गोल गर्न चुकेको कोम्यानकै गुनासो छ । लिगमा बार्सिलोना ७ पटक त पेनाल्टीमै चुकेको छ ।

    मुस्किलले परिवर्तन
    कोम्यानले उही खेलाडीहरूको समूहलाई धेरैजसो खेलमा उतार्छन् । थोरैमात्र नयाँ खेलाडीलाई मैदानमा देखिएका छन् ।

  • १ जेष्ठ २०७८, शनिबार १२:०३ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images