ला लिगाको उपाधि होडबाट बाहिरियो बार्सिलोना
  • CIA Khabar

  • काठमाडौँ । बार्सिलोना ला लिगा फुटबलको यो सिजनको उपाधि होडबाट बाहिरिएको छ ।

    आइतबार राति सेल्टा डी भिगोसंग पराजित भएसँगै बार्सिलोना उपाधि होडबाट बाहिरिएको हो ।

    सेल्टा डी भिगोले बार्सिलोनालाई उसैको मैदानमा २–१ ले हराइदिए पछि बार्सा यो वर्षा ला लिगाको तेस्रो स्थानमा रहँदै यो सिजन सकाउने भएको छ ।

    लियोनल मेस्सीको हेड गोल गर्दै टोलीलाई २८औँ मिनेटमा अग्रता दिलाए पनि त्यसलाई जोगाइ राख्न नसक्दा बार्सिलोना पराजित भएको हो ।

    ३८औँ मिनेटमा सेल्टा डी सान्टी मिनाको गोलमा भिगोले गर्‍यो । खेल सकिन एक मिनेट बाँकी छदाँ मिनाले व्यक्तिगत दोस्रो गोल गर्दै पाहुना टोलीलाई जित दिलाए ।

    पराजित बार्सिलोना ७६ अंकसहित तालिकाको तेस्रो स्थानमा छ ।

    दोस्रो स्थानको रियल ८१ अंकसहित दोस्रो र एट्लेटिको मड्रिड ८३ अंकसहित शीर्ष स्थानमा छ । सेल्टा डी भिगोले ५३ अंक जोड्दै तालिकाको आठौँ स्थानमा उक्लिएको छ ।

  • ३ जेष्ठ २०७८, सोमबार ०९:४५ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images