आर्चरको चोटको शल्यक्रिया गरिने
  • CIA Khabar

  • काठमाडौँ । इंग्ल्यान्डका तीव्र गतिका बलर जोफ्रा आर्चरको चोटको शल्यक्रिया गरिने भएको छ ।

    आर्चरको चोटको शुक्रबार शल्यक्रिया गरिने भएको हो । आर्चरले लामो समय दाहिने हातको कुहिनोको चोट बोकेका छन् ।

    चोटकै कारण उनले घरेलु मैदानमा हुने न्युजिल्याण्डविरुद्धको टेस्ट सिरिज समेत गुमाउने छन् ।

    चोटकै कारण उनले ईन्डियन प्रिमियर लिग क्रिकेट ९आईपीएल० गुमाएका थिए । चोट मुक्त हुँदै उनी काउन्टी च्याम्पियनसिप खेलेका थिए । तर, उनको चोट पुन बल्झिएको बताईएको छ ।

    इंग्ल्यान्डले जुनमा न्युजिल्याण्डसँग दुई खेलको टेस्ट सिरिज खेल्नेछ । पहिलो टेस्ट जुन २ मा लर्ड्समा शुरु हुनेछ ।

  • ७ जेष्ठ २०७८, शुक्रबार ०९:२७ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images