दक्षिण अफ्रिकामा महिला स्वास्थ्य जागरण
  • CIA Khabar

  • दक्षिण अफ्रिकामा महिला स्वास्थ्य जागरण

    परिवारको गरिबीले सेनीटरी प्याडका लागि समेत कुनै भूमिका नभएपछि तमारा मागसाउले विद्यालयमा धेरै धम्की सहेकी थिइन्। अहिले २७ वर्ष पुरा भई सकेकी उनी केप टाउनको कुनै गाउँको गरिब परिवारमा हुर्केकी हुन्। एकल महिला आमाले महिनावारीको समयमा कपडाको प्रयोग गरेको उनले बाल्यकालमा नै देखेकी थिइन्। महिनावारीको समयमा उनले एक साता विद्यालय बिदा लिने गरेकी थिइन्। सोही समयमा मुस्किलले कपडा पट्याएर प्याडको रूपमा प्रयोग गर्थिन्। यो काम उनलाई धेरै नै असजिलो लागेको हो।

    यसैले तयार भएको माइन्ड सेटसहित उनले बाल्यकाल बिताएकी थिइन्। ‘मैले बाल्यकाल देखे भोगेको त्यो पिडा कसैलाई पनि भनिन,’ उनले दुखेसो गरिन्। ठुलो भएपछि उनले आफूले भोगेको समस्या समाधानका लागि सहयोग पुगोस् भन्नका खातिर गरिबीले महिनावारीमा पर्ने असर हटाउनकै लागि आफ्नो कम्पनीलाई समर्पित गरिन्। अहिले पूर्वी केपटाउका सयौँ विद्यालयमा उनले प्याड उपलब्ध गराउँदै आएकी छन्।

    उनको यो कार्यलाई अन्तर्राष्ट्रिय क्षेत्रले प्रशंसा गरेको छ। यसै कारण फोब्र्स म्यागेजिनले ३० वर्ष मुनिका संसारका ३० जनामा उनलाई पनि समावेश गरेको छ। इस्ट लन्डनको डुनाकन गाउँमा रहेकी उनले आफ्नो बाँकी जीवन यस्तै समस्यामा परेकाको समाधानका लागि समर्पित गर्ने योजना बनाएकी छिन्।

    उनले विद्यालय तहको अध्ययनपछि नै पार्ट टाइम जागिर खोजी रहेकी थिइन्। उनले पार्टटाइम जागिर खोज्नुका मुख्य कारण पनि कपडालाई प्याडको रूपमा प्रयोग गर्दा महसुस गरेको अप्ठेरो नै हो।

    टिनएज हुँदा त उनलाई महिनावारीको समयमा किन दुखाई हुन्छ भन्ने पनि थाहा थिएन। किनकी उनी रहेको स्थानमा महिला स्वास्थ्यका बारे कुनै शिक्षा नै दिइँदैन थियो। त्यो समस्याको सामना गर्ने उनी एक्लो भने पक्कै होइनन्।

    गरिबी निवारणमा सक्रिय गैरसरकारी संस्था बोर्गन प्रोजेक्टको अनुमान अनुसार दक्षिण अफ्रिकामा ७० लाख बालीका सेनेटरी प्याड खरिद गर्न सक्दैनन्। विश्व बैङ्कका अनुसार संसारमा ५ सय मिलियन महिला तथा बालीका महिनावारीको समयमा आवश्यक सामग्री पाउन सक्दैनन्। संयुक्त राष्ट्र सङ्घका अनुसार १ दशमलव २५ अर्ब महिलाका सुरक्षित शौचालयको व्यवस्था छैन।

    यो अवस्था टमारा र उनको परिवारका लागि पनि थियो। गाउँका ५० परिवारका लागि एउटै शौचालय थियो। दक्षिण अफ्रिका अहिले अफ्रिकाको धनीमध्ये एक देशको रूपमा स्थापित छ। तर, उनको अनुसार त्यो बाहिरी चमक मात्र हो।

    विद्यालय तहको पढाइ सकिने बित्तिकै उनी विश्वविद्यालयमा पब्लिक रिलेसनको अध्ययन गर्न पुगिन्। समाजमा रहेका महिला र बालीकाका लागि केही नयाँ गर्ने सोच लिएकी उनले विस्तारे विद्यार्थी ऋण र आफ्नो पार्ट टाइम जागिर बाट आउने पैसाको केही हिस्सा जम्मा गरेर राख्न सुरु गरेकी हुन्।

    उनले आफैले केही काम गर्नका लागि ऋण खोजेकी थिइन्। तर, उनलाई ऋण दिँदा त्यो सुरक्षित हुने महसुस कसैले पनि गर्न सकेनन्। सन् २०२१ मा उनले आफ्नो कम्पनी स्थापना गरेर छाडिन्। गरिब महिलालाई सस्तोमा सामग्री उपलब्ध गराउने उनको लक्ष्य नै थियो।
    उनका हातहरू सहयोगी थिएँ। विगतको त्यो अनुभव सुनाउँदा पनि उनको आँखा रसाउँछन्। उनी दक्षिण अफ्रिकाका विद्यालयहरूमा ‘सी निड्स यु’ अभियानसहित पुग्न थालिन्। उनले ग्रामीण भेगमा बालिकालाई निःशुल्क प्याड वितरण गरेर अभियानलाई तीव्र थालिन्।
    बोर्गान प्रोजेक्टका अनुसार अहिले पनि महिनावारीको समयमा ३० प्रतिशत बालीका विद्यालय जाँदैनन्।

    उनको पूर्व उच्च माविका प्राध्यापक उनको काम देखि गर्वको महसुस गर्न थालेका छन्। त्यस विद्यालयकी प्रधान अध्यापिका तान्झाया मायन्काले अनुसार ६ महिनालाई पर्याप्त हुने प्याड उपलब्ध गराएपछि त्यस विद्यालयमा केटीमा ठुलै चाड आएको जस्तो महसुस भएको थियो।

    गरिब परिवारबाट उदाएका उनीहरू विद्यालयबाट खाना मात्र पाउँथे। अन्य कुनै कुराको खरिद गर्ने उनीहरूको अवस्था नै थिएन। सडकमै गएर उनले प्याड विक्री गर्न थालिन्। उनले त्यहाँ पनि सीमान्तकृत समुदायका व्यक्तिलाई एकदमै सस्तो मूल्यमा वितरण गर्न सुरु गरे पछि उनी प्रति धेरैको आकर्षण बढेको थियो।
    पत्रकार याजीनी कुसे त्यहाँ पुगेर टमाराका बारे समाचार लेखेका थिए। यसैपछि नै उनको चर्चा सुरु भएको थियो। आफै गरिबीमा हुर्किएकी उनी अहिले अन्य गरिबका लागि सहयोग गर्न तत्पर रहेकी छिन्।

    दक्षिण अफ्रिकामा यस्तै क्षेत्रमा कम गर्ने अहिले धेरै जना छन्। डर्बानकी अभियन्ता नोजुवला एनवान्डे महिनावारी स्वास्थ्यको क्षेत्रमा काम गरी रहेकी छिन्। अहिले दक्षिण अफ्रिकी संसादमा महिनावारी स्वास्थ्य विधेयकका बारे छलफल भएको छ। ३१ संस्थाको दबाबपछि यो विधेयक आएको हो। यसै विधेयक अनुसार महिनावारीको सामग्री खरिदमा कर छुट मुख्य कुरा राखिएको छ। जसका कारण सहजै यो सबेलाई उपलब्ध गराउन सकियोस्।

    सुरुमा टमाराले उठाएको यो आवाज अहिले गाउँ गाउँमा उठ्न थालेको छ। एउटा जागरण फैलिएको छ। तल्लो तह देखिको सरकारी निकाय यसमा सचेत हुन थालेका छन्। अहिले उनको महत्त्वाकाङ्क्षा फेरिएको छ। यसै अभियान लिएर उनी अफ्रिकाका अन्य देश पुग्दै छन्। उनको यात्राले अझ फराकिलो बाटो तय गर्न सक्ने छ। यस कारण टमारा अहिले संसारका लागि चासोको पात्र बनेकी छिन्।
    स्रोत : बीबीसी

  • १५ जेष्ठ २०८०, सोमबार ०९:४४ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images